Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

थप तीन जलविद्युत कम्पनीले नेप्सेलाई बुझाए नबीकरण शुल्क, शेयर कारोबार पुनः सुचारु

२०७७ कार्तिक ४ गते

बैंकिङ खबर । नबीकरण शुल्क नबुझाएका कारण शेयर सूचीकरण स्थगन भएका तीज जलविद्युत कम्पनीको शेयर कारोबार सुचारु भएको छ । नेपाल स्टक एक्सचेञ्जलाई तीन कम्पनीले नवीकरण शुल्क बुझाए पछि शेयर कारोबार सुचारु गरिएको नेप्सेले जनाएको छ । सूचीकृत कम्पनीहरुको संस्थागत सुशासन कमजोर रहेको अवस्थालाई पछिल्लो पटक पाँच कम्पनीहरुले नबीकरण शुल्क नबुझाएर चित्रित गरेका थिए । नेप्सेका अनुसार मंगलबार जोशी हाइड्रो, हिमाल दोलखा हाइड्र र नेपाल हाइड्रो डेभलपर लिमिटेडको शेयर कारोबार सुचारु गराइएको छ । वार्षिक सूचीकरण शुल्क नबुझाएका कारण नेप्सेले केही दिन अघि मात्र उल्लेखित तीन जलविद्युत कम्पनी सहित हिमालयन डिष्टीलरी र मल्टीपर्पस फाइनान्सको शेयर सूचीकरण स्थगन गरे पछि शेयर कारोबार रोक्का भएको थियो ।हिमालयन डिष्टीलरी र मल्टीपर्पस फाइनान्सले यस अघि नै नबीकरण शुल्क बुझाईसकेका छन् ।

Ad