Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘अर्बपति क्लब’मा प्रवेश गर्नबाट यसरी चुक्यो सनराइज बैंक

admin २०७३ श्रावण १८ गते
सेयर:

sunrise bankनारायणी नेशनल फाईनान्सलाई ७७ प्रतिशत स्वाप रेसियोमा गाभेको सनराइज बैंकले चौथो त्रैमासमा ९५ करोड १७ लाख रुपैयाँं खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १ सय २ दशमलव १३ प्रतिशतले बढी नाफा गरेको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४७ करोड ८ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा नाफा बढाएको भएपनि अर्बपति क्लबमा प्रवेश गर्नबाट भने बैंक चुकेको छ । यसपटक अर्बपति क्लबमा प्रवेश गर्नेमा सनराइज बैंक पनि पर्ने आँकलन गरिएको थियो । 

३ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब १६ करोड ९४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ५४ दशमलव २४ प्रतिशतले वृद्धि गरी ५१ अर्ब ६५ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जा प्रवाहतर्फ ६२ दशमलव ४९ प्रतिशतले वृद्धि गरि ४२ अर्ब ८६ करोड रुपैयाँ तथा लगानीतर्फ ८ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ८९ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकले सञ्चालन मुनाफा १ सय ३४ दशमलव ४८ प्रतिशतले वृद्धि भई ९५ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३२ करोड ५३ लाख रुपैयाँ राखेको छ । त्यसै गरि ५५ करोड ६३ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी २३ दशमलव ९८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात ३१ दशमलव २४ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ५४ दशमलव ५६ रुपैयाँ रहेको छ र तरलता अनुपात २५ दशमलव १४ प्रतिशत रहेको छ । जोखिमयुक्त सम्पति ११ दशमलव ९८ प्रतिशत रहेको छ बैंकको  निष्कृय कर्जा १ दशमलव २४ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।