October 19th, 2020

बेष्ट फाईनान्स र एससिटि नेटर्वक बीच चिप बेस एटिएम कार्ड सेवा सम्झौंता

बैंकिङ खबर । बेष्ट फाईनान्स कम्पनी र एससिटि नेटर्वक कम्पनीविच चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौंता भएको छ। आज कार्तिक ३ गते यस सम्बन्धी सम्झौंतामा बेष्ट फाईनान्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी र एससिटी नेटर्वक कम्पनीको तर्फबाट कामू प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले संयूक्त रुपमा हस्ताक्षर गरेका छन । यो सम्झौंतापछि अब एससिटी नेटर्वकसंगको सहकार्यमा सबै प्राबिधिक तयारी पुरा भएपछि बेष्ट फाईनान्सले छिटै आफ्ना ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने फाईनान्सका प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए ।एससिटी नेटर्वकका कामु प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले बेष्ट फाईनान्ससंगको यो सहकार्यले कंपनी उत्साही भएको बताउदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परकताका साथ लाग्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]