Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम कति ?

२०७७ कार्तिक ३ गते

बैंकिङ खबर । सोमबार शेयर बजारले उकालो यात्रा तय गरेको छ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.५८ अंकले बढेर एक हजार ५७०.३८ मा पुगेको छ । नेप्से ०.८७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.६२ अंकले बढेर ३१०.८९ मा पुगेको छ । कूल १८९ वटा कम्पनीको ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ७ रुपैयाँको कारोबार भएको छ । शेयर बजार बढे पनि कारोबार रकमभने घटेको छ । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर मात्र बढेको छ भने बाँकी १ वटा उपसमूहको शेयर घटेको छ।

Ad