Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको नाफा सवा १ अर्ब

२०७३ श्रावण १८ गते

siddarthaविजनेस युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई आफुमा गाभेको सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा १ अर्ब २६ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले ७७ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । सो अवधिमा बैंकले ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । चुक्ता पूँजी ३ अर्ब २ करोड रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड छ । सिद्धार्थको निस्क्रिय कर्जा अनुपात १.४१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ४१ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात २२ र प्रतिशेयर नेटवर्थ २ सय ६ रहेको छ ।