Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइतबार ओरालो लाग्यो शेयर बजार, यस्तो छ कारोबार ?

२०७७ कार्तिक २ गते

बैंकिङ खबर । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६६ अंकले घटेर एक हजार ५५६.८० मा पुगेको छ ।
नेप्से ०.३६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.८१ अंकले घटेर ३०८.२७ मा पुगेको छ ।
कूल १८७ वटा कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपैयाँको कारोबार भएको छ ।  स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जम्मा २ वटा उपसमूहको शेयर मात्र बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ।

Ad