Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको संस्थापक १ लाख कित्ता शेयर बिक्रीमा !

२०७७ कार्तिक २ गते

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १ हजार कित्ता संथापक शेयर ब्रिक्री गर्न लागेको हो । संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Ad