October 16th, 2020

कालिका लघुवित्तको सीईओमा महेन्द्र अधिकारी नियुक्त

बैंकिङ खबर । कालिका लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेन्द्र अधिकार नियुक्त भएका छन् । असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारलाई सीईओमा नियुक्त गरेको हो।  शुक्रबार अधिकारीले सपथ ग्रहण गरेका हुन् । उक्त सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले संस्थाले सुम्पिएको जिम्मेवारीलाई दृढता पूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाए । उनीे १३ वर्षको वित्तीय अनुभव सँगालेर विकास बैंकमा समेत कार्यरत भएर काम गरिसकेका व्यक्ति हुन्। उनले प्यासिफिक डेभलपमेन्ट बैंक लमजुङ्गमा ७ वर्ष प्रमुखकार्यकारी अधिकृत र ग्लोबल आई.एम.ई.बैंकमा लघुवित्त विभागको प्रमुख लगायत प्रदेश प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका अधिकारीले संस्थागत रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिमहरु समेत लिएका छन ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]