October 16th, 2020

१४ अर्व बढिको सात कम्पनीको हकप्रद सेयर आउँदै, कुन कम्पनी कस्ता ?

बैंकिङ खबर । हकप्रद सेयर निष्कासनको लागि ७ वटा कम्पनीले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नागरिक लगानी कोषसहित श्रीराम सुगर मिल्स, अरुणभ्याली हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, ङादी ग्रुप र बरुण हाइड्रो, नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । ७ वटा कम्पनीले १४ अर्व ८३ करोड ३५ लाख ४४ हजार ४ सय २१ रुपिँया बराबरको हकप्रद सेयर निष्काशनको अनुमति मागेका छन् । कम्पनीको हकप्रद निष्कासनको स्वीकृति प्रक्रिया प्राथमिक चरणमै रहको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । गिरीका अनुसार हाइड्रोइलेक्ट्रिसिटी र नागरिक लगानी कोषको हकप्रद स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले भने, ‘कम्पनीले हकप्रद निष्कासनका लागि पुरा गर्नुपर्ने मापदण्ड अनुसारका काजगपत्र बुझाई नसकेकाले लामो समयदेखि स्वीकृति पाउन नसकेको हो ।’ बार्डको मापदण्ड अनुसारका काजगपत्र बुझाए चाडौं नै स्वीकृति दिने गिरीले बताए । हाइड्रो इलेक्ट्रिसिटीले विसं २०७६ साल असार ३१ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको थियो भने नागरिक लगानी कोषले २०७७ भदौ २२ गते १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति मागेको हो । अरुणभ्याली हाइड्रोपावर डेभलवमेन्ट कम्पनी लिमिटेडले १ं१ को अनुपातमा ९९ करोड ८३ लाख ३ हजार दुई सय ३२ रुपिँया बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रदक सयेर निष्कासनको लागि सबोनमा आवेदन दिएको हो । कम्पनीको उक्त हकप्रदक शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । आवेदन दिएका कम्पनीहरु मध्ये श्रीराम सुगर मिल्सले सबैभन्दा बढी १ बराबर ३ को अनुपातमा हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । उक्त कम्पनीले आजभन्दा तीन वर्षअघि विसं २०७४ साल वैशाख २८ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । साथै श्रीराम सुगर मिल्सले ३०० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति मागेको हो । लामो समयदेखि हकप्रद शेयर निष्कासन गर्ने अनुमतिको पर्खाइमा ङादी ग्रुप पावर र बरुण हाइड्रो पनि रहेको छन् । ङादीले विसं २०७५ साल पुस २३ गते ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । त्यस्तै बरुण हाइड्रोले शतप्रतिशत हकप्रद विक्रीको अनुमति माग्दै २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो । यी वाहेक अरुणभ्याली हाइड्रोले भने असोज २१ गते शतप्रतिशत हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवदेन दिएको छ । सूचीकृत कम्पनीहरुले सहज तरिकाले पूँजी संकलन गर्न सकिने हुदाँ हकप्रद शेयरमा जोड दिने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]