बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा २ करोड ६ लाख ४१ हजार ३८४ दशमलव ४३ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेका आज ४ वटा कम्पनीको सो रकमको सेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार एनएमबी लघुवित्त वित्तीय संस्थाको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस, हिमालयन बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता, जनरल इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ र स्वाबलम्बन लघुवित्तबको १६ लाख ३५ हजार १०९.८४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।