October 16th, 2020

बैंकको किस्ता र ब्याज तिर्न व्यवसायीलाई सकस !

बैंकिङ खबर । आज असोजमसान्तको अन्तिम दिन भएकाले व्यवसायीलाई बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न भ्याइ नभाई छ । व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजमसान्त भित्र (आज) सम्म तिर्नु पर्ने भएकाले व्यवसायीलाई सकस भएको हो । बैंकले असोजको आधा आधी महिनादेखि नै ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिएपछि व्यवसायीहरु तनावमा थिए । कोरोना महामारीका कारण व्यवसाय चौपट भएको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ब्याज चुक्तानीका लागि दबाब दिँदै आएपछि व्यवसायी तनावमा देखिदै आएका थिए । व्यवसायीले आफूसँग भएको सम्पत्ती बिक्री गरेर भएपनि बैंकको ब्याज बुझाउन थालेका छन् । त्यसैले आज असोज महिनाको अन्तिम दिन बैंकमा भिडभाड देखिएको छ ।नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नु पर्ने साँबा र ब्याज असोजसम्म तिरे हुने व्यवस्था गरेको थियो । तर, व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन नभएका कारण साँवा र ऋणको ब्याज कसरी तिर्ने भन्ने समस्यामा रहेको व्यवसायी बताउँछन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]