October 16th, 2020

बुक बिल्डिङ बिधिबाट ‘आइपिओ’ निष्काशन गर्न ५७ कम्पनीको आवेदन बोर्डमा, अनुमति कहिले ?

बैंकिङ खबर । शेयर बजारमा बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनमा सहभागि हुन करिब ५ दर्जन कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा ५७ वटा संस्थागत लगानीकर्ताले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन सहभागि हुन आवेदन दिएका हुन् । बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी बुक विल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र आवेदन पेश गर्न भनेको थियो । सोहि सूचनासँगै ५७ वटा कम्पनीले आवेदन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जनाए । आवेदन परेका मध्ये बोर्डको मापदण्डअनुसार कागजात पुगेका कम्पनीलाई छिटोभन्दा छिटो स्वीकृत दिने तयारी भैरहेको गिरीले जानकारी दिए । हालसम्म सूचिकृत मर्चेण्ट बैंकर, सामूहिक लगानी कोषका योजनाहरु, सूचिकृत कम्पनीहरुले आवेदन दिएका छन् । बोर्डले स्वीकृती दिएपछि योग्य संस्थागत लगानीकर्ताले बुक विल्डिङ प्रणालीबाट निर्धारित मूल्यमा आइपिओ निकाल्न पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]