
बैंकिङ खबर । सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि ७ प्रतिशत लाभांश घोषणा गरेको छ । सानिमा क्यापिटल लिमिटेडको संचालक समेतिको बैंठकले फण्डले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । फण्डले इकाइधनीहरुको लागि आक्षेरुपी एक अर्ब ३० करोडको ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ । सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्विटी फण्डको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा इक्वीटी फण्डको कार्तिक १४ गते दर्ता किताब बन्द हुने छ ।