Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिलगंगा आँखा अस्पताल परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

admin २०७३ श्रावण १७ गते
सेयर:

IMG_3213प्रभु बैंकले काठमाडौँको गौशलास्थित तिलगंगा आँखा अस्पताल परिसरमा आफ्नो एक्सटेन्सज काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि सो काउन्टर सञ्चालनमा ल्याएको हो । 

उपचारको सिलसिलामा तिलगंगा अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउण्टरमा बुझाई अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् । अस्पताल सञ्चालन हुने प्रत्येक दिन बिहान ८ बजे देखि अपरान्ह ५ बजेसम्म बैंकले सेवा उपलब्ध गराउने छ । निक्षेप संकलन तथा नगद भुक्तानी हुने यस तिलगंगा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएपश्चात् उपचारको लागिआउने सेवाग्राहीहरुले छिटो छरितो एवं व्यवस्थित रुपमा शुल्कभुक्तानी गरी उपचार सेवा लिन सक्नेछन् भने तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।