
बैंकिङ खबर । साताको अन्तिम कारोबार मापक नेप्से परिसूचक १ दशमलव २९ अंकको सुधार देखिएको छ । आज बिहीबार नेप्से परिसूचक १ दशमलव २९ अंकले बढेर १ हजार ५ सय ६२.४६ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले बढेर ३१०.०८ विन्दुमा पुगेको छ । कूल १९६ कम्पनीले ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ४२ करोड ५८ लाख ९० हजार ७३८ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ५ समूहको कारोबार बढेको छ । भने बाकीँ ७ उपसमूहको कारोबार घटेको छ ।त्यसैगरी, बिहिबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीको ७ करोड ४० लाख ८४ हजार २ सय २३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
