कन्ट्री डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा४ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले अघिल्लो वर्षको तुलनामा १७ दशमलव ६८ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ करोड ५२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
निक्षेपमा ४ दशमलव २७ प्रतिशतले घटेर १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५ दशमलव ३१ प्रतिशतले बढाएर १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६ दशमलव ६५ प्रतिशतले घटेर ८ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ८६ लाख रुपैयाँ रहेको छ भने १ करोड २६ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
प्रति शेयर आम्दानी ११ दशमलव ९६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १ सय २१ दशमलव ५२ रुपैयाँ, तरलता अनपात ३४ दशमलव ३५ प्रतिशत र मुल्य आम्दानीको अनुपात १९ दशमलव ६५ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ १ दशमलव ९४ प्रतिशत र जोखिम युक्त सम्पति २५ दशमलव ७० प्रतिशत रहेको छ ।




