झिमरुक विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद १ करोड ९७ लाख रुपैयाँ मुनाफा कमाएको छ । ८ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव ३९ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ करोड ३४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
निक्षेप ०.१२ प्रतिशतले घटेर ८० करोड ७३ लाख रुपैयाँ संकलन भएको बैंकले कर्जामा ४८ दशमलव ४२ प्रतिशतले बढाएर ७० करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ३८ प्रतिशतले बढेर ४ करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५२ दशमलव ७९ प्रतिशतले वृद्धि गरी २ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ८७ लाख रुपैयाँ रहेको छ भने ४१ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
प्रति शेयर आम्दानी ३३ दशमलव ६० रुपैयाँ, प्रति सेयर नेटवर्थ १ सय ५५ दशमलव १८ रुपैयाँ, तरलता अनपात २४ दशमलव ३७ प्रतिशत र मुल्य आम्दानीको अनुपात ११ दशमलव ४३ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव ६५ प्रतिशत र जोखिम युक्त सम्पति १२ दशमलव ०२ प्रतिशत रहेको छ ।