
बैंकिङ खबर । नबिल बैंकले ग्राहकलाइ आफ्नो केवाईसी अपडेट अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो । २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका र बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका ग्राहकले बैंकको केवाईसी अपडेट गर्नु पर्नेछ । बैंकले २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने जनाएको छ।