Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकले ऋणीलाई व्याजदर रकममा छुट दिने

२०७७ आश्विन २७ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने कर्जाको ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिन निर्णय गरेको छ । बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जानकारी दिएको छ । कोरोनाभाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाइएको जनाइएको छ । बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुका १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Ad