
बैंकिङ खबर । साताको तेस्रोेदिन शेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ४२ अंकले घटेकोे छ । आज मंगलबार नेप्से परिसूचक ९ दशमलव ४२ घटेर १ हजार ५ सय ६८.५९ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.७४अंकले घटेर ३०११.४१ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनीले ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ८१ करोड ९६ लाख ३८ हजार ९७७ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ३ समूहको कारोबार बढेको छ । भने बाकीँ ९ उपसमूहको कारोबार घटेको छ । आज म्युचुअल फण्ड, ट्रडिङ लगायतका समूहका सुचकहरु सुधार आएको छ ।
धेरै नाफा गर्नेमा ज्योति विकास बैंकका लगानीकर्ता सबैभन्दा अगाडि छन् भने घाटा धेरै खानेमा पंचकन्या मै हाइड्रोका लगानीकर्ता छन् ।