
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ‘नेप्से’मा थप एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।केही साताअघि नेप्सेका एक अधिकारीलाई कोरोना संक्रमण भएपछि नेप्सेमा करिब ४० जना कर्मचारीहरुको गत आइतबार पीसीआर परीक्षण भएकोमा थप एकजनालाई कोरोना संक्रमण देखिएको हो ।बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका ती व्यक्ति नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको सचिवालयमा कार्यरत कर्मचारी हुन् । नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको सचिवालयका ती अधिकारीलाई कोरोना संक्रमण भएपछि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।