Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पहिलोपल्ट अर्बपति क्लबमा एनबी बैंक

admin २०७३ श्रावण १७ गते
सेयर:

nb bankगत आर्थिक वर्षमा नेपाल बंगलादेश (एनबी) बैंकले १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा ३८ करोड ४३ लाख रुपैयाँ नाफा बढाएर यो बैंक पहिलोपल्ट अर्बपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो बर्ष  एनबी बैंकले ८१ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

बैंकले ३७ करोड रुपैयाँले खुद ब्याज आम्दानी गरेको छ भने खुद व्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । ऋण लगानी २५ अर्ब ८२ करोड रुपैयाँबाट बढाएर ३२ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको बैंकले खराव कर्जा १.३३ प्रतिशतबाट झारेर ०.७१ प्रतिशतमा ल्याएको छ । बैंकसँग सर्वसाधारणको ३९ अर्ब ८७ करोड रुपैयाँ निक्षेप छ । तीन अर्ब तीन करोड चुक्ता पुँजी रहेको बैंकको प्रति सेयर आम्दानी ३९ रुपैयाँ छ । साढे चार प्रतिशतभन्दा वढीको स्प्रेडमा काम गरेको बैकको सेयरको मूल्य आम्दानी अनुपात २२ गुणा छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।