
बैंकिङ खबर । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आज (असोज २६ गते, सोमबार) बाट लागू हुने गरी कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएको हो । अब उप्रान्त संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।