
बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते मंगलबारदेखि बिक्री खुल्ला गरेको लिलामी शेयरमा प्राप्त भएको बोलपत्रहरू आज (सोमबार) खोलिने भएको छ । उक्त बोलपत्रहरू आज बिहान १ओ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय, नागपोखरी, काठमाडौंमा खोलिनेछ । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुल्ला गरेको थियो ।जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो ।