
बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आज (आइतबार) सल्यानको श्रीनगरमा २०९ औं शाखा संचालनमा ल्यायको हो ।बैंकको सो शाखाको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका हुन् । बैंकले देशभरमा शाखा सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरेको मेयर अधिकारीले बताए ।उनले भने,‘बैंकले देशभरमा शाखा विस्तारले देशभरि बैंकिङ्ग पहुँचमा वृद्धि भई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने छ ।’बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाहले स्थानीय बासि, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बैंकको श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ अधिकारीले बताए ।