
बैंकिङ खबर । साताको पहिलो कारोबार दिन शेयर कारोबार मापक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसू १३ दशमलव ३७ अंकले घटेर १ हजार ५ सय ७६.२७ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ३११.७३ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनील ९१ लाख २६ हजार २८० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्व ३५ करोड २१ लाख ४७ हजार ७७२ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये एउटा समूहको कारोबार बढेको छ । भने बाकीँ ११ उपसमूहको कारोबार घटेको छ । आज फाइनान्स बाहेकका सबै सूचक ओरालो लागेका छन् ।
