October 11th, 2020

सिभिल लघुवित्तको हकप्रद शेयर आजबाट लिलामीमा बिक्री !

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर ब्रिक्री खुल्ला गरेको छ । लघुवित्तले संस्थापक हकप्रद शेयरआज (असोज २५ गते आइतबार) देखि लिलाम माध्यमद्वारा ब्रिक्री खुल्ला गर्न लागेको हो । संस्थाले साउन २५ गते देखि २९ गतेसम्म निष्काशन गर्दा बिक्री नभएको सस्थापक समूहको ११ हजार ६०८ कित्ता तथा सर्वसाधारण समूह तर्फ ७७ हाजर ८ सय ४२ कित्ता गरी जम्मा ८९ हजार ४५० कित्ता अवितरित हकप्रद शेयर लिलाम माध्यमद्वारा ब्रिक्री गर्न जनाएको छ । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी संघ संस्थाहरुले आजदेखि कार्तिक २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ सय तोकिएको छ । सो शेयर बिक्री प्रवन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]