July 31st, 2016

हिमालयन पावर पार्टनरको झन्डै ३२ लाख कित्ता आईपीओ आउँदै

ipoहिमालयन पावर पार्टनर लिमिटेडले झन्डै ३२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० दरका ३१ लाख ९६ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ६५ हजार कित्ता शेयर आयोजना प्रभावित बासिन्दाका लागि र बाँकी २१ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । 

कम्पनीले लमजुङ जिल्लाको दोर्दी खोलामा २७ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्दैछ । गत अप्रिलसम्म निर्माण कार्य २० प्रतिशत सम्पन्न हुँदा कुल लागतको २५ प्रतिशत रकम खर्च भइसकेको छ । यो आयोजना निर्माणको कुल लागत ४ अर्ब २३ करोड अनुमान गरिएकोमा संस्थापकहरुले ७४ करोड ६० लाख लगानी गरिसकेका छन् भने ३ अर्ब १७ करोड बैंक कर्जा लिइएको छ । अपुग रकम आइपीओ जारी गरेर जोहो गरिने भएको हो ।