
बैंकिङ खबर । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५६ लाख ७० हजार हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो । सो शेयरको निष्काशन तथा बिक्री खुल्ला कार्तिक १४ गतेबाट हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुक क्लोज० गरेको थियो । २०७६ फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १ कित्ता शेयर बराबर नयाँ ०।४७६ कित्ता शेयरको दरले खरिदका लागि दरखास्त दिन सक्नेछन् ।उक्त हकप्रद शेयरमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले कार्तिक १४ गतेबाट मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर निष्काशन तथा प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।