
बैंकिङ खबर । स्टक एक्सचेन्ज ‘नेप्से’मा माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस शेयरका लागि नेप्सेमा माछापुच्छ्रे बैंकको शेयरमूल्य बिहिबार समायोजन भएको हो। समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर २३१.७१ रुपैयाँ कायम भएको छ। कारोबार बन्द हुँदा यो बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ।