२०७३ श्रावण १६ गते

रिलायवल माइक्रोफाइनान्सको खुद मुनाफा १ करोड ८६ लाख

reliable-psरिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १ करोड ८६ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आ.व. को तुलनामा ८० प्रतिशत बढी नाफा गरेको हो । कर्मचारी वोनस तथा आयकर व्यवस्था पश्चात मुनाफा बढेको रिलायबलले जनाएको छ । 

लमजुङ्ग जिल्लाको सदरमुकाम वेसिशहरमा केन्द्रिय कार्यालय रहेको कम्पनीले २ करोड ९५ लाख ९६ हजार सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आ.व.को तुलनामा बचतमा १ सय २९ प्रतिशतले वृद्धि भइ ८ करोड १५ लाख ९९ हजार रुपैयाँ संकलन भएको छ भने कर्जा सापटी ३८ प्रतिशतले वृद्धि भइ ३५ करोड  ८३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  

१० जिल्ला कार्यक्षेत्र भएको कम्पनीले सो अवधिमा १२२ वटा गाविसमा ९५८ केन्द्र तथा २४७८ समूहमा गरि १३४३३ जना सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरेको छ । काफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै जल्लामा गरि १४ वटा शाखाहरु मार्फत कार्यक्रम सञ्चालन गरि गरिसकेको र चालू आर्थिक वर्षभित्र थप ५ जिल्ला कार्यक्षेत्र विस्तार गरि १५ जिल्लामा गरि कम्तीमा २४ शाखा पुर्याउने योजना रहेको कम्पनीका सीईओ किरण कुँवरले बताए ।