
कुमारी बैंकले निःशुल्क ‘पिसिआर’ परीक्षण क्याम्प आयोजना गरेको छ । बैंकले महामारीको अवस्थालाई मध्यनजर गर्दै निःशुल्क ‘पिसिआर’ परीक्षण क्याम्प आयोजना गरेका हो । बैंक हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प” संचालन गरेका हुन् ।बैंकले संचालन गरेकोे क्याम्प असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको थियो । बैंकले क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पि.सि. आर. परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको जनाएको छ ।भाइरसको सङ्क्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी श्री सुरेन्द्र भण्डारी भने, आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।’