October 7th, 2020

ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गर्ने

बैंकिङ खबर । ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । ग्लोबल आईएमई बैंकको सहायक कम्पनी राष्ट्रियस्तरको ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी सहमति पत्रमा मंगलबार हस्ताक्षर भएको छ । हाल राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको ग्लोबल आईएमई लघुवित्तको चुक्ता पुँजी २५ करोड ९६ लाख र ४ देखि १० जिल्ला कार्यक्षेत्र रहेको स्पर्श लघुवित्तको चुक्ता पुँजी ९ करोड ३७ लाख रहेको छ । ग्लोबल आईएमई बैंकले स्पर्श लघुवित्तलाई ९० को स्वापमा प्राप्ति गर्ने प्रारम्भिक सहमति भएको स्रोतले जनाएको छ । प्राप्तिपछि ग्लोबल आईएमई लघुवित्तकै नामबाट एकीकृत कारोबार हुने र प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति पनि ग्लोबल आईएमईकै हुनेछ । नेप्सेमा सूचीकृत रहेका दुवै संस्थाले गत आर्थिक वर्षको सञ्‍चित मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गर्न बाँकी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]