Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बागमती डेभलपमेन्ट बैंकले किन घटायो कर्जा लगानी ?

admin २०७३ श्रावण १६ गते
सेयर:

bagmatiबागमती डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा१ करोड २ लाख खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३ दशमलव २२ प्रतिशतले कम नाफा कमाएको हो । अघिल्लो आवको सोहि अवधिमा बागमतीले १ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडामा १ करोड ५७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४ दशमलव ३७ प्रतिशतले वृद्धि गरी ५८ करोड १३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ९ दशमलव ७९ प्रतिशतले घटाएर ३५ करोड ४२ लाख लगानी गरेको छ । बैंकको सञ्चालन मुनाफा पनि २८ दशमलव ६१ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँ कायम भएको छ भने खुद व्याज आम्दानी ११ दशमलव ९८ प्रतिशत बढेर २ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ भने ४९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको निष्कृय जोखिमयुक्त सम्पत्ति २ दशमलव ८९ प्रतिशतले बढेर १७ दशमलव ४५ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी १७ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २२ दशमलव ८९ गुणा, प्रति शेयर नेटवर्थ १ सय २७ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ४९ दशमलव ७२ गुणा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।