Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

२०७७ आश्विन २० गते


बैंकिङ खबर । नबिल बैंकको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन् । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उहालाई अध्यक्षमा नियुक्त गरेको हो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उहा  पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपाल स्थित क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उहा सफल बैंकरसगै समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका उहा यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुदै आउनुभएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष हुनुहुन्थ्यो ।

 

Ad