
बैंकिङ खबर । नेको इन्स्योरेन्सको लिलामी शेयरमा मंगलबारदेखि आवेदन दिन सकिने भएको छ ।इन्स्योरेन्सले लिलामी मार्फत संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेको इन्स्योरेन्सले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको १० लाख ७० हजार २०६.८४ कित्ता शेयरमा आज ९असोज २० गते० देखि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन्। सो शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कात्तिक ४ गतेभित्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।