मेगा बैंक नेपालले नारी सिर्जनशील बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर यस्तो योजना ल्याएको जनाएको छ । यो खाता खोल्न महिलाहरुले पाँच सय मौज्दात राख्नु पर्ने छ । यस्तो खाता खोल्नेले मेगा बैंकको भिसा डेबिट कार्ड प्रयोगबाट मलहरुमा खरीद गरे दुई प्रतिशत छुट र डोमेस्टिक क्रेडिट कार्डबाट पाँच प्रतिशत छुट पाउने बताइएको छ । खाता खोल्नेलाई बैंकले बार्षिक ३ प्रतिशत ब्याज दिने छ भने खोले वापत भिसा कार्ड, एकाउन्ट विवरण सुविधा र मोवाइल बैंकिङ सेवासमेत दिने छ । चेकबुक र अनलाइन बैंकिङ भने निशुल्न दिने छ । बैंकले सेफ डिपोजिट लक र डिमान्ड ड्राफ्टमा २५ प्रतिशत सहुलियत दिने छ ।
ट्यागहरू:
