Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

खाता भएको बैंकबाट नयाँ नोट साट्न सकिने ! एटीएममा नयाँ नोट वितरण सुरु :

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । यसपालीको दशैंमा आआफ्नो खाता रहेको बैंकबाटै नयाँ नोट साट्न सकिने व्यबस्था गरिएको छ । नयाँ नोट बैंकहरुले एटीएम मेसीनमा भने उपलव्ध गराइसकेका छन् । नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट बैंकहरुलाई उपलव्ध गराएको छ । राष्ट्र बैंक आफैले भने नयाँ नोट वितरण नगर्ने भएको छ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार खाता भएकै बैंकबाट नयाँ नोट साट्न सकिने छ । कोरोनाका कारण राष्ट्र बैंकले आफ्ना शाखाबाट नयाँ नोट वितरण नगर्ने भएको हो । दशैं उल्लासमय नभएका कारण र कतिपय मानिस आआफ्नो ठाउँमै दशैं मनाउने भएका कारण नयाँ नोटको माग खासै नभएको जनाइएको छ । एटीएममा भने बैंकहरुले नयाँ नोट राख्न सुरु गरिसकेका छन् । 

Ad