Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग गरेको छ । बैंकले सोमबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।बैंकबाट प्राप्त उक्त रकम गुठीले उल्लेखित आवश्यक परेका २० छात्रा विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने जनाएको छ । महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले समय समयमा सहयोग गर्दै आइरहेको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने जनाएको छ ।

 

 

 

 

 

Ad