Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । इसेवा मनि ट्रान्स्फरले चाडपर्वलाई मध्यनजर गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक गरेको छ । इसेवाले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै सो योजना ल्यायको हो । साहि योजना अन्तरर्गत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम समेत प्राप्त गर्दा रू सय बराबरको रिचार्ज जित्न सकिनेछ । इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ ।यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुनेछ । रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विषम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।

Ad