Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायन्स लोटसको फाइनान्सको मुनाफा ८ करोड ६५ लाख

admin २०७३ श्रावण १५ गते
सेयर:

reliance lotusरिलायन्स लोटस फाइनान्सले गत आर्थिक बर्षमा ८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष ४ करोड ५५ लाख कमाएको कम्पनीको नाफा ९१ प्रतिशतले बढेको हो । ४४ करोड ५७ लाख रुपैया चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीले ५३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसअवधिमा १ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले २ करोड २६ लाख प्रोभिजनमा राखेको छ । जसको खराब कर्जा २.५० प्रतिशत रहेको छ । फाइनान्सको प्रति शेयर आम्दानी १९.४२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५.५० गुणा, प्रति शेयर नेटवोर्थ १२८ रुपैयाँ रहेको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।