Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा आइतबार ३ अर्ब माथिको कारोबार

२०७७ आश्विन १८ गते

बैंकिङ खबर । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक नेप्सेमा ३ अर्ब माथिको कारोबार भएको छ । आज आइतबार नेप्से परिसूचक १४.७१ अंकले बढेर १ हजार ५ सय ८५.७५ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स २.८१ अंकले बढेर ३१२.३५ विन्दुमा पुगेको छ । कूल १९५ कम्पनीले १ करोड  ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्व १७ करोड ८८ लाख ३ हजार ७१९ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये १० समूहको कारोबार बढेको छ । भने बाकीँ २ उपसमूहको कारोबार घटेको छ । आज जलविद्युत्, म्युचुअल फण्ड बाहेकका सबै सूचक उकालो लागेका छन्।

Ad