Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा इक्वीटी फण्डले ७ प्रतिशत लाभांश वितरण गर्ने

२०७७ आश्विन १८ गते

सानिमा बैंक लिमीटेड कोष प्रवद्र्धक र सानिमा क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सानिमा इक्वीटी फण्डले लगानीकर्तालाई ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। असोज १८ गते आइतबार बिहान बसेको सानिमा क्यापिटल लिमीटेडको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ का लागि सो अवधिसम्मको मुनाफा र कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा इक्वीटी फण्डका सेयरधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको ७ प्रतिशत लााभांश वितरणको निर्णय गरेको छ । यो हिसाबले यो योजनाले ९ करोड १० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

Ad