Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोग्रसिभ फाइनान्सको मुनाफा साढे २ करोडभन्दा बढी

२०७३ श्रावण १४ गते

Progressive-Financeप्रोग्रेसिभ फाइनान्सले गत आर्थिक बर्षमा २ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो बर्षको तुलनमा ४२ प्रतिशत बढी हो । अघिल्लो बर्ष फाइनान्सले ६ लाख दश हजार मात्रै खुद नाफा कमाएको थियो । 

२० करोड १ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको ३ लाख ३८ हजार रुपैयाँ जगेडाकोषमा राखिएको छ । फाइनान्सको निक्षेप ५३ करोड ३४ लाख तथा कर्जा ४४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । कम्पजीले खुद व्याज आम्दानी र सञ्चालन मुनाफा पनि उल्लेख्य रुपमा बढाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.८३ रुपैयाँ, मुल्य आम्दानी अनुपात २४.२५ गुणा र प्रतिशेयर नेटवर्थ १६ रुपैयाँ रहेको छ । फाइनान्सको निस्कृय कर्जा १.१७ प्रतिशत रहेको छ ।