Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने

२०७७ आश्विन १८ गते

बैंकिङ खबर । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त सम्बन्धमा दुई संस्थाबीच असोज १६ गते सहमतिपत्रमा हस्ताक्षर समेत भइसकेको छ । हाल काठमाण्डौं महानगरपालिका वडा नं. २ मा प्रधानकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. ९, मा प्रधान कार्यालय रहेको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।
हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व र जारी तथा चूक्तापुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी रु. २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ । गरिमा विकास बैंक लिमिटेडले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् । यस विषयमा प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ ।

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुँदा गरिमा विकास बैंक लिमिटेड थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति हिमाल, पहाड र तराइमा ब्यापक हुने समेत बैंकको विश्वास छ ।

 

 

Ad