Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१५ हजार कर्जाले बनायो सफल उद्यमी, उत्कृष्ट पुरस्कार विजेता सीतादेवी गुरुङ्ग

२०७७ आश्विन १८ गते

 

तश्विरमा डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७ ग्रहण गर्दै सीतादेवी गुरुङ्ग, लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा पुरस्कार वितरण गर्दै प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरी । 

सुधारानी श्रीवास्तव । उनी एक नारी । उनीसँग न कुनै शिप थियो, न कुनै योजना । उच्च शिक्षा अध्यन समेत गर्न नपाएकी उनीसँग प्रविधि र अन्य ज्ञान पनि थिएन । लगानीका लागि पैसा पनि थिएन । तर पनि अहिले एक सफल व्यबसायी भएकी छन् सीतादेवी गुरुङ्ग ।

जसलाई एउटा लघुवित्तले काम सिकायो, वित्तीय ज्ञान सिकायो र उद्यमशीलताका लागि अघि बढ्न प्रेरित गर्यो । निर्धनउत्थान लघुवित्त वित्तीय संस्थाबाट १५ हजार कर्जा लिएर सुरु गरेकी उनले हिम्मत गरिन्, मेहनत गर्ने प्रण गरिन् र त सफल उद्यमी बनिन् । जसले यो बर्ष निर्धनउत्थानबाट उत्कृष्ट उद्यमशीलता पुरस्कार समेत हात पार्न सफल भइन् । यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले हस्तान्तरण गर्नुभएको थियो । लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार वितरण गरिएको थियो । 

प्रदेशस्तरीय उत्कृष्ट पुरस्कार पाएकी वुटवल १३ बेलवास निवासी सीतादेवी गुरुङ्गको जन्म वि.स २०१६ भदौ महिनामा सामान्य किसान परिवारमा भएको थियो । उनी बाबु आमाको ५ सन्तान मध्ये जेठी छोरीको रुपमा जन्मेकी थिइन् । उनले प्रौढ शिक्षासम्मको अध्ययन गरेकी छिन् । उनको घरमा खान लाउन त्यत्ति ठुलो समस्या थिएन । उनको विवाह बेलवास निवासी गोबिन्द बहादुर गुरुङ्गसँग भयो उनको घरको आर्थिक अवस्था सामान्य थियो । उनी घरकी जेठी बुहारी भएकोले परिवारको सम्पुर्ण सदस्यहरुको बोझ उठाउनु पर्दथ्यो । उनको घरमा पति, सासु, ससुरा, ३ जना देवर, देउरानी सहित १३ जनाको ठुलो परिवार थियो । उनको जीवन निर्वाह गर्ने कुनै परियोजना थिएन । समय बित्दै जाँदा सन्तान जन्मिए । बालबच्चालाई कसरी हुर्काउने, कसरी पढाउने, कसरी अगाीड बढ्ने भन्ने चिन्ताले गाँज्दै गयो ।

जीवन निर्वाह कसरी गर्ने भनेर सोचिरहेको अवस्थामा वि.स २०६४ निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड बुटवल शाखाका कर्मचारी उनको गाँउमा समुह गठन गर्न आएको बेला उनले आयमुलक व्यावसाय गर्नका लागि बिना धितो कर्जा पाइने बारेमा थाहा पाईन् । संस्थाले उपलब्ध गराउने वित्तीय सेवाको बारेमा घरमा सल्लाह गरेर संस्थामा आबद्ध भईन् ।  उनले पहिलो पटक रु १५ हजार कर्जा लिएर किराना पसल व्यावसाय सञ्चालन गरिन् । कर्जाको पुर्ण सदुपयोग भएकाले उनले संस्थाको कर्जा तिरेर केही फाइदा हात पारिन् । त्यसपछि दोस्रो पटक रु ४० हजार कर्जा लिएर किराना पसललाई विस्तार गरिन् । तेस्रो पटक रु ९० हजार कर्जा लिई मार्वल पसल सञ्चालन गरिन् । मार्वल पसल उनका पतिले चलाएको बताइन् । त्यसपछि उनले एकपछि अर्को कर्जा लिँदै मार्वल र किराना व्यावसायलाई बढाउँदै गईन् । यसरी उनले १२ वर्ष देखी निरन्तर रुपमा कर्जा लिँदै पुर्ण सदुपयोग गरि अम्दानी गरेको बताउँछिन् ।

व्यावसायको आयबाट बुटवल १३ बदेलपोखरीमा पक्की घर निर्माण गरेकी छिन् । उनले २ छोरा र १ छोरीलाई उच्च शिक्षा अध्ययन गराएकी छिन् । हाल उनले राम्रो आम्दानी गर्न सफल भएकी छन् । मार्वल पसलमा ४ जना व्यक्तिलाई रोजनगार समेत दिएकी छन् । उनले आर्थिक प्रगतीको श्रेय निर्धन उत्थान लघुवित्त वित्तीय संस्थालाई दिन चाहान्छिन् । भन्छिन् जीवनमा अप्ठेरो परेको बेला काम गर्नका लागी हौसला दिने र सहयोग गर्नेलाई बिर्सन नसकिदो रहेछ । उनी बाँचुन्जेलसम्म निर्धन उत्थानलाई नछोड्ने बताउँछिन् ।

 

Ad