Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको थप नयाँ शाखा संचालनमा

२०७७ आश्विन १६ गते

बैंकिङ खबर । कृषि विकास बैंकको थप नयाँ शाखा संचालनमा ल्यायको छ । बैंकले विहीबार उपत्यकामा पूर्ण आधुनिक बैकिङ्ग नयाँ शाखा संचालन गरेको हो । बैंकका नयाँ शाखा संचालन कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य माननिय मणीराम फुयाल, कागेश्वरी नगरपालीका का मेयर कृष्ण हरी थापा, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्षप्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधानाअध्यापकहरु तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अपनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गर्याे ।

Ad