Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा २० लाख कित्ता शेयर सूचिकृत

२०७७ आश्विन १५ गते

नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा आज (बिहीबार) २० लाख कित्ता शेयर सूचिकृत भएको छ ।नेप्सेमा नागबेली लघुवित्तलाई प्राप्ती गरे पश्चात कायम मिर्मिरे लघुवित्तको शेयर सूचीकृत भएको हो। मिर्मिरेले २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक भएर भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् । बिहीवार शेयर सूचीकृत भई आइतवारदेखि कारोबार योग्य हुने भएपनि तत्कालै यो शेयर कारोबार भने हुने छैन् । असोज १२ गते श्रृजनशील लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेसँगै मिर्मिरेको शेयर कारोबार रोक्का रहेको छ ।

 

 

Ad