२०७३ श्रावण १४ गते

बिराटलक्ष्मी विकास बैंकको मुनाफा १० करोड

biratlaxmiबिराटलक्ष्मी बिकास बैंकले गत आर्थिक बर्षमा १० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ६.८१ प्रतिशतले बढी मुनाफा कमाएको हो । विराटलक्ष्मीले अघिल्लो वर्ष ९ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको जगेडाकोषमा १७ करोड ९८ लाख रुपैयाँ राखिएको । यस अवधिमा बैकले ५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी तथा संचालन मुनाफामा बढेको छ । बैंकले प्रोभिजनमा ४ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २३.७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.१४ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६.८२ गुणा र तरलता अनुपात ४५.०८ प्रतिशत रहेको छ । जोखिम युक्त सम्पत्ति १५.०६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत रहेको छ ।