October 1st, 2020

सानिमा जनरल इन्स्योरेन्सको ‘आइपिओ’ आउँन ६ दिन बाकीँ

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । कम्पनीले असोज २१ गते बुधबारदेखि साधारण शेयर ‘आइपिओ’ बिक्रीका लागि खुल्ला गर्ने भएको हो । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ‘आइपिओ’ निष्काशन तथा बिक्री खुल्ला गर्ने छ । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]